झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका–२ सडकवारीमा एक वालकको मृत्यु भएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइतबार दिउँसो साढे २ बजेतिर पानीमा डुबेर मृत्यु भएको हो ।
खेल्ने क्रममा पानीमा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो साढे तीन बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।