लोड हुँदैछ...

मेनु

रामकुमारी झाँक्री लगायतका नेता आज एमालेमा समाहित हुँदै

रामकुमारी झाँक्री लगायतका नेता आज एमालेमा समाहित हुँदै

विराटनगर । नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन्। सोमबार औपचारिक रूपमा एमाले प्रवेश गर्न लागेकी हुन् ।

झाँक्रीले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो निर्णयको संकेत दिएकी छिन् । उनले लेखेकी छन्, ‘यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।’

नेकपा एमालेले पनि राष्ट्रियसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ आयोजना गर्न लागेको छ। सो कार्यक्रमकै अवसरमा झाँक्रीलगायत केही नेताहरू पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी निर्माण र विस्तारमा सघाएका तर बीचमा अन्य दलतर्फ गएका नेताहरूलाई पुनः एमालेमा फर्कन आह्वान गरेका थिए। माधवकुमार नेपालले माओवादी केन्द्रलगायत दलसँग एकता गरेपछि झाँक्री असन्तुष्ट देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।