शिवप्रसाद ढकालले गरे आगजनीले क्षतिग्रस्त नगरपालिकाकालाई कम्प्युटर तथा फर्निचर सहयोग

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगर प्रमुख शिवप्रसाद ढकालले आगजनीबाट क्षतिग्रस्त भएको नगरपालिका कार्यालयलाई कम्प्युटर, प्रिन्टर तथा फर्निचर लगायतका अत्यावश्यक सामग्री हस्तान्तरण गरेका छन् । हालैको ‘जेनजी’आन्दोलनको क्रममा नगरपालिकाको भवनमा तोडफोड र आगजनी हुँदा कार्यालयका सम्पूर्ण कागजात र भौतिक संरचना ध्वस्त भएका थिए ।

मंगलबार एक कार्यक्रमका बीच पूर्व प्रमुख ढकालले नगरपालिकाको दैनिक कामकारबाहीमा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग सामग्री हस्तान्तरण गरेको जानकारी दिए । ढकाल र उनका सहयोगीहरूले संयुक्त रूपमा आठ थान कम्प्युटर, चार थान प्रिन्टर, १० थान टेबल र १० वटा दराज नगरपालिकालाई प्रदान गरेका हुन् ।

आगजनीको घटनापछि जलेको भवनको सामान्य मर्मत गरी कार्यालय सञ्चालनमा ल्याइए पनि आवश्यक उपकरण र फर्निचरको अभावमा सेवा प्रवाहमा कठिनाइ भइरहेको थियो । प्राप्त सहयोगले कार्यालय सञ्चालनमा केही हदसम्म राहत मिल्ने सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेका अनुसार आगजनीबाट भवन पूर्ण रूपमा ध्वस्त भएकाले यसको पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानमा चार करोड रुपैयाँभन्दा बढी लाग्ने देखिएको छ ।

‘जेनजी’ आन्दोलनका क्रममा सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा रहेका नेपालिका होटल, पूर्व मन्त्री भानुभक्त ढकाल, वर्तमान मेयर तथा पूर्व मेयरका घर लगायतका संरचनामा पनि तोडफोड र आगजनी भएको थियो

अशोज ७, २०८२, साँझको ०५:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर