लोड हुँदैछ...

मेनु

स्कारपियो दुर्घटना हुँदा दमक नगरपालिकाका अधिकृतको मृत्यु, ६ जना घाइते

स्कारपियो दुर्घटना हुँदा दमक नगरपालिकाका अधिकृतको मृत्यु, ६ जना घाइते

विराटनगर । चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा झापा दमक–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको छ । कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी कमल बजगाईँका अनुसार झापा दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी गम्भीर घाइते छन् । उनको कटारी अस्पतालमै उपचार भइरहेको छ। अन्य घाइतेहरूमा दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह–१ का ५४ वर्षीय भुवन दाहाल रहेका छन्, । थप घाइतेहरूलाई भने थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।