चैत २७ गते कोशी पर्यटन वर्षको शुभारम्भ

विराटनगर । कोशी प्रदेश सरकारले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’को शुभारम्भ आगामी चैत २७ गते गर्ने भएको छ । तेह्रथुम तीनजुरे मिल्के जलजले क्षेत्रको लालीगुराँस नगरपालिकामा रहेको आरआर गार्डेनमा उद्घाटन गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।

पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र मन्त्रालयका सचिव विशाल घिमिरे सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उक्त समारोहको प्रमुख अतिथि बन्नका लागि औपचारिक निमन्त्रणा गरेका छन । प्रदेश गौरवको कार्यक्रमअन्तर्गत रहेको यो अभियानले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्दै प्रदेशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

‘८२ सालका लागि ८२’ पर्यटकीय गन्तव्य सूची तयार गरेको मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा नेपालकै होचो क्षेत्र झापाको केचनाकवलदेखि विश्वको सर्वाेच्च शिखर सगरमाथासमेत पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा मकालु, लोत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमाल यस प्रदेशमा पर्छन । पर्यटन वर्षका लागि सरकारले १० करोड बजेट विनियोजन गरेको छ ।

आइतबार, १६ चैत, २०८१, बिहानको ०८:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर