कुलमानको पक्षमा इटहरीमा प्रदर्शन

इटहरी । सुनसरीको इटहरीमा कुलमानको पक्षमा प्रदर्शन भएको छ । कुलमान उज्यालो नेपालका नायक हुन् उनलाई पुनःबहाली गर भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।
प्रदर्शन धरान रोड नेवा पुचः भवन छेउबाट सुरु भएर इटहरी बजार परिक्रमा गरि गोल चोकमा आएर कोणसभा परिणत भएको थियो । कुलमा घिसिङ पुनः वहाली संयुक्त संघर्ष समितिको नाममा भएको प्रदर्शनको संयोजन मानवध्वज मोक्तानले गरेका थिए ।
प्रदर्शनमा रास्वपा, माओवादी, एकीकृत समाजवादी र आदिवासी जनजाति महासंघ, नेसपा र तामाङ घेदुङ संघले पनि सहभागीता जनाएका थिए । पदर्शनका क्रममा उनीहरुले गणतन्त्र नेपाल जिन्दावाद, उज्यालो नेपाल जिन्दावाद, भ्रष्ट सरकार राजीनामा दे लगायतको नारा लगाएका थिए ।

बिहिबार, १३ चैत, २०८१, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर