विराटनगरमा युवा विद्यार्थीको प्रदर्शन

विराटनगर । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति माओवादी निकट वाइसिएल र विद्यार्थीहरुले विराटनगरको ट्राफिक चौकमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको थियो ।

सो निर्णयको विरुद्धमा मंगलबार देशभर विभिन्न रुपमा विरोध प्रदर्शनहरु भएका छन् ।

विराटनगरमा पनि साँझ कुलमानको पुनःबहालीको माग गर्दै प्रदर्शन भएको हो ।

मङ्गलबार, ११ चैत, २०८१, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर