बेलबारी । नेकपा माओवादीकेन्द्र बेलबारीको अध्यक्षमा मनकुमार गुरुङ विजयी भएका छ्न ।
मङ्गलबार भएको निर्वाचनमा अध्यक्षका अर्का उमेदवार लक्षमण तामाङलाई पराजित गर्दै उनी विजयी भएका हुन ।
त्यसैगरी उपाध्यक्षमा रामकुमार राई र धर्म कट्टेल ,सहसचिवमा सन्देस तामाङ र कोषाध्यक्षमा लक्षमण मग्राती विजयी भए ।
महिला उपाध्यक्ष र सचिबमा मन्दिरा थापा र नगेन्द्र खड्का सर्वसम्मत निर्वाचित भएका थिए ।