विराटनगर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयविरुद्ध सत्ता पक्ष र विपक्षीहरुले नै विरोध गरेववपछि सरकार रक्षात्मक अवस्थामा पुगेको छ ।
सडकमा सरकार र व्यवस्थाविरुद्ध नै आक्रोश पोखिएकै बेला घिसिङ हटाउने निर्णय अपरिपक्क भएको टिप्पणी समेत हुन थालेको छ । सत्ता गठबन्धनकै नेताहरू नै सरकारले आगोमा घिउ थपेको बताइरहेका छन् ।
मन्त्रिपरिषद्ले कुलमानलाई प्राधिकरणबाट हटाउने निर्णयपछि सडक, र सामाजिक सञ्जाल भने निकै तातिने देखिएको छ । सामाजिक सञ्जालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस नेता शेखर कोइराले मात्र होइन, राप्रपाका ज्ञानेन्द्र शाही, रास्वपाका तोसिमा कार्कीसहित विवेकशील साझाका मिलन पाण्डेलगायतले सरकारी निर्णयको चर्को आलोचन मात्र गरेका छैनन्, उनीहरूलाई अधिकांश नागरिक अगुवाले पनि साथ दिएका छन् ।
राजनीतिक विश्लेषक गेजाशर्मा वाग्ले, कृष्ण पोखरेलहरूले पनि आलोचना गरेका छन् सामाजिक सञ्जालमा । धेरै टिप्पणी चाहिँ कुलमान हटाउने निर्णय सरकारका लागि कति प्रत्युत्यपादक हुन्छ भन्नेमा केन्द्रित देखिन्छन् ।
अहिले सरकारप्रति जुन वितृष्णा पोखिएको छ सडकमा त्यसमा थप बल दिने काम सरकारले गरेको टिप्पणी भइरहेको छ ।