एमालेमा अघिल्लो जिल्ला कमिटीले गरेको कारवाही फुकुवा

विराटनगर । नेकपा एमालेको तत्कालीन जिल्ला कमिटीले पूर्व नगर सहसचिव नवराज नेपाल र ३ नम्बर वडा अध्यक्ष लालमणि भट्टराईलाई गरेको कारवाही वर्तमान कमिटीले फुकुवा गरेको छ ।

गत जेठ ३१ गते महानगरपालिकाका अध्यक्ष सागर थापासहित उपसचिव नेपाल र वडा कमिटी अध्यक्ष भट्टराई कारवाहीमा परेका थिए ।त्यसबेला महानगर अध्यक्ष थापालाई दुई महिना, उपसचिव नेपाललाई चार महिना र वडा कमिटि अध्यक्ष भट्टराईलाई ६ महिना निलम्बन कारवाही गरिएको थियो । मानगढ खानेपानी आयोजनामा पार्टीका लाइन अनुसार राम घिमिरेको विरुद्धमा लालमणि भट्टराईलाई अध्यक्ष उठाएर उनलाई सहयोग गरेको आरोपमा दुई महिना निलम्बनमा परेका थापा अहिले जिल्लाको उपाध्यक्षमा निर्वाचित भइसकेका छन् ।

नेकपा एमाले १०औं जिल्ला अधिवेशनबाट नयाँ समिति आएपछि नेपाल र भट्टराईको परीक्षण अवधी सकिनु अगाडि नै कारवाही फुकुवा गरेको हो । नेपाल र भट्टराईमाथि चैत अन्तिमसम्म कारवाहीको परीक्षण अवधिकै बिचमा फुकुवा गरिएको हो ।
जिल्ला अधिवेशनमा कारवाही गर्ने पक्ष सबै निर्वाचनमा पराजित भएपछि जित्ने पक्षलो कारवाही फिर्ता लिने निर्णय गरेको हो । कारवाही फिर्तासँगै आउँदा महानगर कमिटीको अधिवेशनमा उनीहरुले नेतृत्व दावी गर्ने बाटो खुला भएको छ ।
नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाले जिल्ला कमिटीको अधिकार प्रयोग गरी निर्णय लिइएको बताए ।

सोमबार, १० चैत, २०८१, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर