विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वावियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा उत्साहप्रद लहर देखिएको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।उनले देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको पार्टीको अभियानमा सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको बताए ।
‘
भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ’, प्रचण्डले भनेका छन्, ‘कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ।’
साथै उनले स्ववियुमा विजयी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।