स्वावियू निर्वाचन नेताको स्वार्थमा कार्यकर्ताको बली

भोजपुर । आशन्न चैत्र ५ गते अपवाद बाहेक देशै भरीका आङ्गिक र सामुदायिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन लागिरहेको छ । निर्वाचनको पूर्व सन्ध्यामा विद्यार्थी संगठन र तिनका मुल पार्टीका नेताहारुलाई भोट बटुल्न भ्याइनभ्याई छ ।
निर्वाचनको सरगर्मी अरु क्याम्पसहरुमा जस्तै भोजपुरको एक मात्र आंगिक क्याम्पसमा बढेको छ । पूर्व मुख्यमन्त्रि तथा नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई र नेकपा (माओबादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किरातीको गृह जिल्ला रहेको यहाँ नेपाल पत्रकार महासंघ देखी विभिन्न सामाजिक सँस्थाहरुको निर्वाचनमा समेत यि दुई नेताहरु आफ्नो प्रतिष्ठाको लडाँईकारुपमा लिने गरेकाछन् ।

स्ववियु निर्वाचनमा हाल सम्म भोजपुर बहुमुखि क्याम्पसलाई एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको आधार क्षेत्रका रुपमा लिने गरेको छ । हाल सम्म ९ कार्यकाल अखिलले स्ववियुको नेतृत्व गरेको भोजपुर बहुमुखी क्याम्पसमा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) ले जम्मा २ पटक मात्र नेतृत्व लिएको थियो । हाल सम्म एक पटक पनि नेतृत्व लिन नसकेको माओबादी निकट अखिल (क्रान्तिकारी)ले यो पटक भने एमालेको विरासत भत्काउने दाउमा लागेको देखिन्छ ।

९ पटक नेतृत्व गरेको अनेरास्वावियु नेतृत्व विहिन बन्दै

९ पटकसम्म भोजपुर बहुमुखी क्याम्पसमा आफ्नो बर्चस्व कायम राखेको अनेरास्वावियुले यस निर्वाचनमा अध्यक्ष विहिन बनेर नेपाल विद्यार्थी संघलाई सघाइरहेको छ । अर्को तिर समाजवादी विद्यार्थी युनियन, एकिकृत समाजबादी निकट अनेरास्वावियू लगायत लाई साथमा लिएर अखिल क्रान्तिकारी चुनावि प्रतिष्प्रर्धामा नेविसंघसंग भिडिरहेको छ ।

अध्यक्षमा नेविसंघका अशोक कार्की, र अखिल क्रान्तिकारीका सोविन तामाङ प्रतिश्पर्धामा रहँदा पूर्व स्ववियु अध्यक्ष तथा अनेरास्वावियुको भोजपुर अध्यक्ष निशान राई भने निरिह बनेका छन् । एक कार्यकाल नेतृत्व दोहो¥याउने तिव्र इच्छा रहँदा रहँदै नेतृत्वले नेवि संघको प्यानलबाट निर्वाचनमा सहभागी जनाउने निर्णय गरेपछि स्ववियु नेतृत्व दोहो¥याउने निशानको सपना तुहिएको हो । विद्यार्थीहरु विच लोकप्रिय रहेका निशानले टिकट नपाउँदा अनेरास्ववियुको विद्यार्थीहरु नेतृत्वको अकर्मन्यताको दुश्चक्रमा फसेका छन् । विगतमा एक्लै चुनावि प्रतिश्पर्धामा आफ्नो साख जोगाउदै आएको क्याम्पसमा यो पटकको स्ववियू निर्वाचनमा नेतृत्व विहिन भएर नेवि संघलाई सघाउनु पर्दा कतिपय एमाले पंक्ति समेत रुष्ट छन् । नेकपा एमाले भोजपुरका अध्यक्ष मक्कर खड्का निकट मानिने एक जिल्ला कमिटि सदस्यले भनेका छन् “हाम्रो नेतृत्वले स्ववियु निर्वाचनमा आफ्नो संगठनलाई नेतृत्व विहिन बनाउने गरी गरेको निर्णय अपरिपक्व हो । ९ पटक सम्म एक्लै निवार्चन जितेर नेतृत्व गरेको क्याम्पसमा स्ववियु निर्वाचनको नेतृत्वका लागि उमेदवार कांग्रेस निकट विद्यार्थी संगठनलाई जिम्मा लाउनु पार्टी कमजोर हो भनेर आत्मसमर्पन गर्नु जस्तै हो । यसले पार्टीलाई गम्भिर धक्का पुग्ने छ ।”

दोहोरो निशानामा निशान

अनेरास्ववियु र निशानले अध्यक्षमा टिकट नपाउनुको मुख्य कारण पूर्व क्याम्पस प्रमुख भोलानाथ राई नै प्रमुख कारण बनेका छन् । भर्खरै नियुक्त क्याम्पस प्रमुख डा.पर्वतकुमार राईले पद बहालि गर्दा पूर्व क्याम्पस प्रमुख भूलनाथ राईले कालो झण्डा देखाउन तात्कालिन स्ववियू अध्यक्ष निशान राईलाई निर्देशन दिएका थिए । तर विना कारण आफुले यो हद सम्मको हर्कत नगर्ने अडान निशानले लिएपछि रुष्ट बनेका पूर्व क्याम्पस प्रमुख राईले निशान संग स्ववियु निर्वाचनमा बदला लिएको स्रोतले जनाएको छ । पूर्व क्याम्पस प्रमुख राईको निर्देशन नमान्दा निशान लाई लक्षित गर्दै “कुकुर बहुलायो” शिर्षकमा कविता नै लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यसको काउन्टरमा निशानले समेत स्टाटस मार्फत जवाफ फर्काएका थिए । निशानलाई कुनै पनि हालतमा स्ववियु अध्यक्षको टिकट दिन नहुने दिएमा पराजय हुने र निर्वाचित हुँदा पनि पार्टीको निर्देशनमा काम गर्न नसक्ने भूलानाथले पार्टी नेतृत्वलाई रिपोटिङ गरेका थिए । त्यति मात्रै हैन पूर्व मुख्य मन्त्री शेरधन राई मार्फत पार्टीका जिल्ला अध्यक्ष मक्कर खड्कालाई दवाव दिएका थिए ।

मेयर र सांसदको सौदावाजी

अनेरास्ववियुले नेविसंघलाई अध्यक्षको टिकट सजिलै छाड्नुको अर्को कारण नेपाली कांग्रेसको आन्तरिक द्धन्द्धले समेत घर गरेको छ । जिल्ला पार्टी सभापति तथा प्रदेश १ का सांसद विनोद वान्तवा र जिल्ला पार्टी सचिव सफल किरातले शेखर कोइराला खेमाको नेतृत्व गरिरहेकाछन् । यता सँस्थापन देउवा पक्षको नेतृत्व भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले गरिरहेकाछन् । सभापति बान्तवा र सचिव किरातले माओबादीसंग गठबन्धन गर्ने अन्तिम तयारीमा पु¥याएका बेला मेयर आलेले रातारात एमाले अध्यक्ष मक्कर खड्कासंग सम्झौता गरेको चर्चा बजारमा छ । मेयर आलेको कार्यकाल दोश्रो भएकाले आगामी निर्वाचनमा मेयरमा एमाले अध्यक्ष मक्कर खड्कालाई सहयोग गर्ने र संसदिय निर्वाचनमा आफुलाई सहयोग गर्ने सहमति अनुरुप सत्ता गठबन्धलाई स्वावियू निर्वाचनमा कायम गरिएको छ । सभापति बान्तवा निकट मानिने अशोककुमार कार्कीलाई अध्यक्षको उमेदवार बनाएपनि मेयर आलेले आफ्नो गुटमा बस्ने प्रतिवद्धता गराएकाले सभापति वान्तवा लगायतलाई निल्नु न ओकल्नु भएको स्रोतको दावि छ । दुई सत्ता ठुला दल गठबन्धनका विरुद्ध क्रान्तिकारीका सोविन तामाङलाई अनेरास्ववियु र नेविसंघ दुवैका असन्तुष्ट मत संगै पूर्व स्ववियु सचिव समेत रहेका तामाङको लोकप्रियताका कारण सोविनको पक्षमा मत पल्लाभारी बन्दै गएको छ ।

सोमबार, ०३ चैत, २०८१, साँझको ०६:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर