राजावादी आन्दोलनबाट सतर्क बन्नुपर्छः शेखर

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजावादी आन्दोलनबाट सतर्क बन्नुपर्ने बताएका छन् । सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सतर्क बन्नुपर्ने बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिका बारेमा जानकार रहेको बताउँदै उनले आत्तिहाल्नुपर्ने अवस्था नभएको भएपनि सतर्क बन्नुपर्नेमा जोड दिए । ‘सतर्क हुने भनेको राम्रो काम गर्ने हो’ उनको भनाइ छ ।

जनताको आकांक्षा धेरै रहेको बताउँदै कोइरालाले राजनीतिक परिवर्तनपछि धेरै कामहरू भएको दावी गरे । ‘हामीले के ग¥यौं गरेनौं भन्ने कुरा महत्वपूर्ण हो । केही गरेनौं भन्ने होइन, धेरै गरेका छौं,’ उनले भने, ‘जनताको आकांक्षा अत्यन्त धेरै छ, जनताले खोजेका कुरा हामीले दिन सकेका छैनौं । तर, जनतालाई सुसूचित गर्ने काम त हामी राजनीतिक दल र सरकारकै हो ।’
राजनीतिक दलका नेतृत्व प्रतिको वितृष्णका कारण अहिलेको अवस्था आएको भन्दै कोइरालाले राजा फर्कने सम्भावना नरहेको दावी गरे । तर, कोशिश त जहाँ पनि हुने उनको भनाइ छ ।

सोमबार, ०३ चैत, २०८१, साँझको ०६:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर