तस्वीर जलाएको आधारमा गिरफ्तार गरिनु उचित होइन : प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तस्वीर जलाएको आधारमा गिरफ्तारी उचित नहुने बताएका छन् ।लोकतन्त्रमा विरोधका विभिन्न रूपहरू हुने उनले बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

केही समयअघि राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको थियो । बमले हेटौंडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका थिए ।

बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको छ ।

आइतबार, ०२ चैत, २०८१, साँझको ०६:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर