विराटनगर । नेकपा (एकीकृत समाजवादी) मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटीले शुक्रबार संयुक्त रूपमा होली उत्सव मनाएका छन्। महानगर कमिटीका अध्यक्ष बिरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न शुभकामना कार्यक्रममा नेकपा (एस) का स्थायी कमिटी सदस्य महेश रेग्मी प्रमुख अतिथि रहेका थिए।
उक्त कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य निलम ढुंगेल, मोरङ जिल्ला अध्यक्ष चन्द्रवीर राई, उपाध्यक्ष उद्दव पोखरेललगायतले मन्तव्य राखेका थिए। वक्ताहरूले नेकपा (एकीकृत समाजवादी) ले घोषणा गरेका आन्दोलनका कार्यक्रमबारे कार्यकर्तालाई जानकारी गराएका थिए। उनीहरूले वर्तमान सरकारका कारण बेथिति र अनियमितता बढेको भन्दै वडा तहबाटै खबरदारी गर्ने बताएका छन्।
विराटनगरमा आयोजित होली समारोहमा सहभागीहरूले रंग, अबिर र संगीतका माध्यमबाट नेपाली सांस्कृतिक विविधता र एकताको सन्देश दिएका थिए। कार्यक्रममा बोल्दै पार्टीका नेताहरूले होली पर्वले आपसी सद्भाव र भाइचारा प्रवर्द्धन गर्ने बताएका थिए।
सहभागीहरूले एकआपसमा रंग लगाउँदै मित्रता र सद्भावको भावना अभिव्यक्त गरे।
पार्टीका नेताहरूले आगामी दिनमा यस्ता सामाजिक तथा सांस्कृतिक गतिविधिहरूलाई अझै विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।