महेन्द्र मोरङको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेविसंघको इतर समूहले लगायो आगो

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेविसंघ शेखर कोइराला पक्षले आगो लगाएको छ ।

नेविसंघले आधिकारिक सङ्गठनको मान्यता प्रज्जवल विष्टको समूहलाई दिएपछि अर्को समूह आक्रोशित बनेको हो । विष्टको समूहलाई देउवा पक्षले आधिकारिक मान्यता दिएको छ ।

नेबिसंघको इतर समूह सरोज पोख्रेल पक्षका गुड्डु साहको नेतृत्वमा योगराज दाहाल लगायत १२/१४ जनाको समूहले निर्वाचन सम्बन्धी असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेका थिए ।
आगलागीका कारण कागजपत्र आगजनी भएको छ। यद्यपि उक्त ताला केही समयपछि प्रहरीले फोडेको छ ।

बुधबार, २८ फागुन, २०८१, दिउँसोको ०१:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर