विराटनगर। प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभामा सहभागी बन्ने कि नबन्ने भन्ने विषयमा छलफल गर्न विपक्षी दलकाे बैठक सुरू भएको छ।
प्रदेशसभा सचिवालयस्थित माओवादी केन्द्र संसदीय दलकाे कार्यालयमा बैठक सुरू भएकाे हाे ।
बैठकमा माओवादी दलका नेता ईन्द्रबहादुर आङ्बाे, नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्रकुमार राई, राप्रपाकी प्रमुख सचेतक सविना बजगाईं र माओवादी सांसद बाबुराम गाैतम सहभागी छन् । सरकारले आफूहरुको आवाज नसुनेको, संसदलाई वेवास्था गरेको र प्रधानमन्त्रीको सम्बोधनबारे कुनै जानकारी नदिएको भन्दै विपक्षीले बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रमुख प्रमुख प्रतिपक्षी दलका नेता आङबोसग भेट गरेका थिए ।
मुख्यमन्त्री कार्कीले समन्वयमा कमी भएको भन्दै आत्मालोचना गरेर बैठकमा सहभागी हुन आग्रह गरेका थिए । यस्तै उनले प्रधानमन्त्रीको सम्बोधनमा विपक्षलाई गालीगलौज नगर्ने प्रतिवद्धता जनाएका थिए ।