अमेरिका बस्ने वडाअध्यक्ष निष्कासित

विराटनगर । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई नेकपा माओवादी (केन्द्र )ले पार्टीबाट निष्कासन गरेको छ ।एक वर्षदेखि पार्टी र कार्यालयलाई जानकारी नगराइ अमेरिका गएर नफर्किएका कटवाललाई माओवादीको कोशी प्रदेश समितिले अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निलम्बन गर्दै निष्कासन गरेको हो ।

कट्वाल २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट साकेला ४ को वडाअध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष भएपछि पालिका र पार्टीलाईसमेत जानकारी नदिइ अमेरिका गएपछि उनी फर्किएनन् ।

कटवाललाई पार्टीले निष्कासन गरेको माओवादी केन्द्र खोटाङका अध्यक्ष दिपक पाण्डे(आकाश) ले जानकारी दिए । वडाअध्यक्ष नहुँदा कार्यालयबाट हुने जनताका काम प्रभावित भएकाले उनलाई पार्टीबाट निष्कासन गरिएको हो ।
पार्टीबाट निष्कासनमा परेका वडाअध्यक्ष कटवाललाई जनप्रतिनिधिबाट निलम्बन गर्न निर्वाचन आयोगलाई समेत पत्र पठाउने माओवादीले जनाएको छ । अमेरिका बस्ने वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नु परेकोले कार्वाही गरेको पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले बताए ।

आइतबार, २५ फागुन, २०८१, दिउँसोको ०४:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर