एमाले मोरङको नेतृत्वमा ढकाल टिमलाई सुरुवाती अग्रता

विराटनगर । नेकपा एमाले मोरङको दशौं अधिवेशनको नयाँ नेतृत्वको लागि बुधबार भएको मतदानको प्रारम्भिक मतपरिणाममा विनोद ढकालले समर्थन गरेको इतर पक्षले अग्रता लिएको छ ।

मतगणनाको १०० मतको परिणाम सार्वजनिक हुँदा इतर पक्षबाट अध्यक्षको उम्मेद्वार बनेका अजम्बर राईले ५१ प्राप्त गरेका छन् भने एमाले अध्यक्ष केपी ओलीसहित नेताहरुको समर्थन पाएका उम्मेद्वार राजकुमार ओझाले ४५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि इतर पक्षका सागर थापाले ५० मत प्राप्त गर्दा संस्थापन पक्षकी शान्तिकुमारी लिम्बूले ४२ मत पाएकी छन् । सचिवमा इतर पक्षका सोमराज थापाले ४८ मत ल्याउँदा संस्थापन पक्षका रविन थापाले ४५, उपसचिव पदमा इतर पक्षका सन्तोष वान्तवाले ५२ मत प्राप्त गर्दा संस्थापनका इर्जलाल राजवंशीले ४१ मत पाएका छन् ।

महिला सहसचिवमा भने संस्थापन पक्षकले शिल्पा निराला कार्कीको अग्रता छ । उनले ४९ मत प्राप्त गर्दा इतर पक्षकी उषा झाले ४५ मत पाएकी छन् । दिउँसो सभा ३ बजेदेखि एमाले पार्टी कार्यालय पाञ्चालीमा मतगणना सुरु भएको हो ।

अधिवेशनमा ८८८ मत खसेको छ निर्वाचन समितिले जनाएको छ ।

बिहिबार, २२ फागुन, २०८१, दिउँसोको ०४:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर