विराटनगर । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले नेपालले साना दल अवसरबादी पार्टी भएको बताएका छन् ।
एमाले मोरङको १० औं जिल्ला अधिवेशनको प्रमुख अतिथि बनेका बादलले माओवादी केन्द्र, जसपा, रास्वपासहित साना दलको नाम लिएर साना दल अवसरबादी भएको बताएका हुन् ।
साना दलले राजनीतिक अस्थिरता अन्त्य गर्न नसक्ने उनले बताए । विभेद पनि अन्त्य गर्न नसक्ने उनको भनाइ छ । उनले नेकपा एमालेले मात्रै अवस्था बदल्न सक्ने बताए ।
अस्थिरता, असमानता र सामाजिक विभेदको अन्त्य समाजवादले मात्रै समाधान गर्न सक्ने उल्लेख गर्दै उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए । उनले पछिल्लो समय संसारभर राजनीतिक अस्थिरता र आर्थिक असमानता रहेको बताए ।