संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका प्रमुख महेश थपलियामाथि आक्रमण भएको छ । खाँदबारी–९ का वडाध्यक्ष विमलराज गौतमले कार्यकक्षमै गएर प्रमुख थपलियालाई आक्रमण गरेका हुन् ।
आइतबार दिउँसो ४ बजे वडाध्यक्ष गौतमले प्रमुख थपलियाको कार्यकक्षमै गएर कार्यकक्षमा थुनेका थिए । नगरप्रमुख थपलियाले गौतमले आफूलाई दुव्र्यवहार र गालीगलौज गरेको बताए ।
वडाध्यक्ष गौतमले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मापसे गरेर नगरपालिका प्रवेश गरेका वडाध्यक्षले अपशब्द प्रयोग गर्दै मेयर थपलियालाई हातपात गरेको प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् ।
वडाध्यक्ष गौतमले कर्मचारीलाई पनि गालीगलौज गरेको थपलियाले बताए । थपलियाले आफूमाथि वडाध्यक्षले दुव्र्यवहार गरेको र केहीबेर कायर्कक्षमै थुनेर राखेको बताए । उनले वडाध्यक्ष गौतमविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेको बताएका छन् ।
मेयरले थपलियाले वडाका विभिन्न योजनाको बजेट कटौती गरेको आरोप छ । वडाध्यक्ष गौतम नेकपा एमालेबाट निर्वाचित भएका हुन् भने प्रमुख थपलिया नेपाली काँग्रेसबाट निर्वार्चित हुन् । घटनापछि प्रहरीले वडाध्यक्ष गौतम र वडासदस्य टिकाराम कुमाललाई नियन्त्रणमा लिएको छ ।
खाँदबारी नगरपालिका कार्यालय परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एमाले ले गर्ने नै यस्तै हो
यस्मा अनोउथो छैन