लोड हुँदैछ...

मेनु

देउवाको गृह जिल्लामा पुल बनाइदिन वर्षमानको माग

देउवाको गृह जिल्लामा पुल बनाइदिन वर्षमानको माग

विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको गुन नदीमाथि पुल बनाइदिन माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै पुनले आफू अर्थमन्त्री भएका चालू आर्थिक वर्षको बजेटमा रंगुन नदीमा पुल निर्माणका लागि रकम छुटयाए पनि वर्तमान सरकारले ठेक्का प्रक्रिया रोकेर राखेका कारण पुन बन्न नसकेको बताए । देउवाको गृहजिल्लामा मात्र नभई देशैभर विकासको यही अवस्था रहेको उनको भनाइ थियो ।

‘म हिजो संसदको प्रमुख दलका सभापति माननीय शरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर आएँ । आजै मात्र फर्किएको छु’, पुनले भने, ‘त्यहाँ ठूलो रंगुन नदी रहेछ । त्यसमा यस वर्ष पुल बनाउनका लागि बजेट विनियोजन भएको रहेछ । तर, सरकारले ठेक्का लगाइराखेको छैन । यो रोल्पामा पनि त्यस्तै छ, अरु जिल्लामा पनि त्यस्तै छ ।’

पुनले सत्तापक्षकै सांसदहरुले आफूसँगको अनौपचारिक भेटमा सरकारले विकास बजेट खर्च गर्न तदारुकता नदेखाएको विषयमा खबरदारी गरिदिन आग्रह गर्ने गरेको पनि सुनाए । पुनले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारमा एमाले रहेको र भौतिक पूर्वाधारजस्ता अर्बौं बजेट खर्च गर्ने मन्त्रालयको नेतृत्व लिएको पार्टीले अहिले बजेटको स्वामित्व नलिएकामा आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।