त्रिदेशीय महिला टी–२० : घरेलु मैदानमा नेपालमाथि जितको दबाब

काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

जितको खोजीमा रहेको नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। लगातार तीन खेलमा पराजित नेपालले तीन खेलमा अपराजित थाइल्याण्डसँग दिउँसो १२ः१५ बजे प्रतिस्पर्धा गर्न लागेको हो।

घरेलु मैदानमा नेपालमाथि जितको दबाब छ भने पाहुना टोली थाइल्याण्ड अपराजित यात्रालाई कायम राख्न उच्च मनोबलका साथ मैदानमा हुनेछ।

पहिलो खेलमा नेदरल्याण्ड्सँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो। तेस्रो खेलमा आइतबार नेपाल फेरि नेदरल्याण्ड्सँग १५ रनले पराजित भयो।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले हराएको थाइल्यान्डले दोस्रो खेलमा नेपाललाई चार विकेट हराएको थियो। तेस्रो खेलमा नेदरल्याण्ड्सलाई १७ रनले हराएको थाइल्याण्ड्सले तीन खेलबाट ६ अंक बनाएको छ।

तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले चार अंक जोड्दा नेपाल अंकबिहीन तालिकाको पुछारमा छ। आजको खेलमा पराजित भए नेपालको उपाधि यात्रा समाप्त हुनेछ। आजको जितले भने गणितीय सम्भावना कायमै रहनसक्छ।

मङ्गलबार, २२ माघ, २०८१, बिहानको १०:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर