विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकेडेमीले सरस्वती पूजाको अवसरमा भजन कीर्तन प्रतियोगिताको आयोजना गरेको छ ।
स्कुल प्राङ्गणमा सोमबार राती सम्पन्न भएको भजन कीर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आम समूहले जितेको छ । त्यस्तै पञ्चेश्वर भजन कीर्तन मण्डलीले दोस्रो तथा लक्ष्मीनारायण भजन मण्डलीले तेस्रो भयो । विजेताले नगद २१ हजार, दोस्रो हुनेले नगद १६ हजार र तोस्रो हुनेले नगद १० हजार नगद सहित पुरस्कार पाएका थिए । भजन कीर्तन प्रतियोगिता चौथादेखि छैठो स्थानसम्म हुनेलाई सान्त्वना पुरस्कार नगद ४ हजार तथा सहभागी अरू सबै टोलीलाई ३ हजार नगद पुरस्कार दिएको प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।
भजन कीर्तन प्रतियोगिता निर्णायकमा माधव शरण घिमिरे, सत्यनारायण चौधरी र मणिराज दाहाल रहेका थिए । भजन कीर्तन प्रतियोगिता विराटनगरका ३२ वटा भजन कीर्तन टोली सहभागी रहेको थियो । भजन कीर्तन प्रतियोगिता सम्पन्न गर्न करिब १ लाख ३८ हजार खर्च भएको स्कुलले जनाएको छ । सोही अवसरमा ज्येष्ठ नागरिक सम्मान तथा स्कुलका शिक्षक, कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।
विजेतालाई कोशी प्रदेशका सांसद भीम पराजुली, स्कुल व्यवस्थापन समितिकी अध्यक्ष गीता गौतम र स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।