विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिट सुरू भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट सुरु भएको हो ।
उक्त प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन कोशी प्रदेशको सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गरे ।
पहिलो दिन भएको लङजम छात्रतर्फको फाइलनमा बालप्रतिभा सेकेण्डरी स्कुलका आकाश राई गोल्ड मेडल जितेका छन् । त्यसैगरी जनक मेमोरियल स्कुलका जोसेफ चौरधी दोस्रो, पूर्वाञ्चल एकाडेमीका मनिष चौधरी तेस्रो भएका छन् ।
छात्रातर्फको प्रथम मदर टेरेसाका पूजा यादव, द्धितीय बिकेभीम स्कुलकी स्मृती कुमारी यादव र तृतीय बाल प्रतिभा स्कुलकी एन्जेलिया विष्ट भएकी छिन् ।
पहिलो दिन चार स्कुल विजयी
प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भएको फुटबलमा पाँच स्कुल विजयी भएका छन् । विराटनगरको जुटमिलको खेल मैदानमा भएको खेलमा हरैचा मोडल, सिंहदेवी, बालमिकी र सिद्धार्थ स्कुल विजयी भएका हुन् ।
पहिलो खेलमा हरैचा मोडलले मिनीलेण्ड स्कुललाई ३–० गोलले हरायो । दोस्रो खेलमा सिंहदेवी स्कुलले सिद्धार्थ स्कुलाई २–१ गोलले पराजित गर्यो । तेस्रो खेलमा बालमिकी स्कुलले ब्राइट फ्यिूचर स्कुललाई १–० गोलले हरायो । चौथो खेलमा सुनगवा स्कुलले सिंहदेवी स्कुललाई ५–४ गोलले पराजित गर्यो । पाँचौ खेलमा भुपु सैनिक स्कुललाई सिद्धार्थ स्कुलले टाइब्रेकरमा ५– ३ गोलले निराश बनायो ।
माघ २० गतेसम्म संचालन हुने प्रतियोगितामा २५ भन्दा बढी विद्यधाका खेलहरु समावेश गरिएको छ । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा मोरङ प्याब्सनमा आवद्ध ३ हजार बढी विद्यार्थीहरुले भाग लिएको प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए । करिब १५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको स्पोट्र्स मिटमा सहभागि विद्यालयहरुको रजिष्ट्रेशन शुल्क र प्याब्सनको आन्तरिक स्रोतबाट लागत जुटाइने अध्यक्ष बस्नेतले बताए ।
प्याब्सन मोरङले २०६३ सालदेखि हरेक वर्ष प्याब्सन स्पोट्र्स मिट सञ्चालन गर्दै आएको छ । प्याब्सन स्पोट्र्स मिटमा कक्षा १० सम्मका छात्र र छात्रातर्फ गरि मैदानमा खेलाइने लङ्ग जम्प, हाई जम्प, ट्रिपल जम्प, सर्ट पुट र जेभलिन थ्रो का स्पर्धा सुरु भएको छ । यस्तै सोही कक्षाका फिल्ड इभेन्टमा भलिबल, टेबल टेनिस प्रतियोगिता सुरु भएको छ ।
ट्रयाक इभेन्ट तर्फ कक्षा १० सम्म छात्र र छात्राहरुको अलग–अलग १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर दौड सुरु भएको छ ।
प्रतियोगितामा विजेताहरूलाई मेडल तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

