विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ईन्द्र आङ्बोले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू सामाजिक काममा लाग्दा उपयुक्त हुने बताएका छन् । उनले पूर्वउपराष्ट्रपतिको राजनीतिमा पुनरागमनबारे असन्तुष्टि जनाएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा उनले केन्द्रको पदाधिकारीसहित सिनियर नेताले वैचारिक र खोज अनुसन्धान र अभियानहरूको जिम्मेवारी दिने नयाँ पुस्तालाई संगठनको जिम्मेवारी दिन पनि सुझाव दिएका छन् । ‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिले राजनीतिक क्षेत्रमा भन्दा पनि अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले जस्तो क्षेत्रको काम गर्नु पर्यो’ उनले भने
उनले अब पार्टीमा सही विचारको विकाससँगै विधि र पद्धतिको विकास पनि अध्यक्ष प्रचण्डकै नेतृवमा हुनुपर्ने बताए।
यसअघि केन्द्रीय सदस्यहरू सुदन किराती र लेखनाथ न्यौपानेले पनि पूर्वउपराष्ट्रपति पुन माओवादीमा सक्रिय हुन लागेको विषयमा प्रश्न उठाएका थिए।