विराटनगर । माेरङकाे ग्रामथानमा माओवादीले आफ्नो अग्रता कायम राखेको छ ।
आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार माओवादी उम्मेदवार नमाे नारयण माझिले अग्रता कायम गरेका छन् । उनले ग्रामथान गाउँपालिकाे १ र २ नम्बर वडाकाे गणना सकिदा ६७४ मतले अग्रता कायम गरेकाे छ ।
निर्वाचन आयोगका अनुसार पछिल्लो परिणाम अनुसार माओवादीका उम्मेदवार माझिले २४ सय ११ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदार थारुले १७३७ मत ल्याएर पछ्याउँदै छन् भने एमालेका उम्मेदवार तुलसी विश्वासले ९८५ मत प्राप्त गरेका छन् ।