छुरा प्रहारबाट युवतिको मृत्यु

विराटनगर । झापाको बिर्तामोडमा एक युवकले युवति माथि छुरा प्रहार गर्दा युवतिको ज्यान गएको छ ।

बिर्तामोडको महानन्द चोकमा शुक्रवार साँझमा युवाको छुरा प्रहारबाट मनीषा लोहारको मृत्यु भएको हो । युवाको भने परिचय खुली नसकेको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले बताए । घटनामा गम्भीर घाइते भएकी लोहारको उपचारका क्रममा मृत्यु भएको हो ।

युवाले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । स्थानीयले घटनाको प्रतिकार गर्दा ती युवा भने भागेका थिए ।

अर्जुनधारा–६ मा स्थानीयले पक्राउ गरी उनलाई प्रहरीको जिम्मा लगाएका थिए । ती युवा समेत घाइते रहेको झापा प्रहरीले जनाएको छ । स्थानीयले कुटपिटबाट घाइते भएका युवाको बिर्तामोडको विएन्डसि अस्पतालमा उपचार भइरहेको एसपी केसीले बताए ।

शुक्रबार, २८ भदौ, २०८१, रातीको ०८:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर