लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन हुने भएको छ । आउँदो शनिबार विराटनगरको सेन्टर मल र इटहरीमा अडिसन हुने भएको हो ।

विराटनगरमा दिउँसो १ बजेदेखि र इटहरीमा २ बजेपछि हुने मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए ।
यसअघि धरान र विराटनगरमा पनि अडिसन भइसकेको छ । धरान अडिसनको निर्णायकहरुमा जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज राय, विपी कोइराला विज्ञान प्रतिष्ठानका डा. श्रवण मण्डल, ‘मिस कोशी २०२४’ की चौथो रनरअप विजेता स्वतिका राई, मिस कोशी २०२४’ की विजेता शुभ लक्ष्मी राई, र नेपाल टेलिकल ईटहरी शाखाका अध्यक्ष प्रशन्न थापा रहेका थिए । पहिलो चरणमा छुटेका बालवाकिलाहरुलाई समावेश गराउने उद्देश्यले अडिसन राखिएको उनले बताए ।

बालवालिकाहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले जय मिडिया म्यानेजमेन्ट प्रालिले मिस्टर एण्ड मिस लिटल कोशी आयोजना गरेको हो । अध्यक्ष रायका अनुसार प्रतियोगिताको छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीहरुलाई दशैको छुट्टीमा प्रशिक्षणमा राखिने जानकारी गराए । बालबालिकाहरुको पढाइमा कुनै पनि असर नपुग्ने गरी यो प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

बिहिबार, २७ भदौ, २०८१, दिउँसोको १२:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर