असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

काठमाडौं । यो वर्षको दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत सुकिला नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले जानकारी दिए।

यसवर्ष नयाँ नभएर ५, १०, २०, ५० र १०० दरको एक सेट सुकिला नोट साट्न सक्ने उनको भनाइ छ।

 

बुधबार, २६ भदौ, २०८१, साँझको ०५:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर