विराटनगर । एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबसँग कोशी प्रदेश पराजित भएको छ । पराजित भएसँगै एन्फा महिला लिगको यात्रामा कोशी प्रदेशको पूर्णविराम लागेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबारको पहिलो खेलमा कोशी प्रदेश नेपाल पुलिस क्लबसँग ४–० गोल अन्तरले पराजित भएको हो।
जारी लिगको चौथो चरणमा आइपुग्दा कोशी प्रदेशले पहिलो हार व्यहोरेको हो। यता नेपाल पुलिस क्लबले भने लिगमा तेस्रो जित निकालेको हो। पुलिस जारी लिगमा अपराजित छ।
पुलिस क्लबको जितमा अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृता जैसीले समान १ गोल गरे।
पहिलो हाफको २४ औं मिनेटमा अनुष्काको गोलमा पुलिस क्लबले सुरुवाती अग्रता बनाएको थियो।
खेलको ४६ औँ मिनेटमा निर्मलाले गोल गर्दै पुलिस क्लबको अग्रत दोब्बर पारिन्। ७९औं मिनेटमा सम्झनाको गोलमा पुलिस क्लबले ३–० को अग्रता लियो। खेलको ८८औं मिनेटमा अमृताको गोलमा पुलिस क्लबले कोशी प्रदेशविरुद्ध अग्रता फराकिलो पार्यो।
जितसँगै पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। पुलिस क्लबले ४ खेलमा १० अंक बनाएको छ। स