पाँचथर विस्फोटन : मृतकका परिवारलाई सरकारले ५ लाख दिने, घाइतेको निःशुल्क उपचार

विराटनगर । पाँचथरको फालेजुङ गाउँपालिका ५ डाँडागाउँमा विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई सरकारले ५ लाख राहत दिने भएको छ ।

विस्फोटनमा परी साढे २ वर्षिया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो । विस्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

कीर्तिपुरस्थित वर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भइरहेको छ ।

मन्त्रिपरिषद बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो ।

बुधबार, २६ भदौ, २०८१, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर