लोड हुँदैछ...

मेनु

सांसद केसीको कैद सजाय पैसामा साटेको भन्दै अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन

सांसद केसीको कैद सजाय पैसामा साटेको भन्दै अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन

विराटनगर । सांसद धनबहादुर केसीको कैद सजाय रुपैयाँमा साटेको भन्दै विरोध प्रदर्शन भएको छ । कमजोर व्यक्तिलाई मात्र कानुन लागु हुने गरेको भन्दै रुकुमकोट जिल्ला अदालत रुकुमपूर्वकमा अखिल क्रान्तिकारी रुकुम पूर्वले विरोध प्रदर्शन गरेको छ ।

आइतबार रुकुमकोट जिल्ला अदालत रुकुमपूर्वकमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी  सोमबार रिहा भएपछि अखिल क्रान्तिकारी रुकुम पूर्वले विरोध प्रदर्शन गरेको हो ।

केसी सेटिङमै अदालतमा उपस्थित भएको र सेटिङमै कारागार चलान नै नभई सरकारकै संरक्षणमा अखिल क्रान्तिकारीले नारा जुलुस गरिरहेकै बेला हेलिकप्टर मार्फत काठमाडौँ भगाइएको आरोप लगाइएको छ ।

फौजदारी अपराध संहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम ३ सय ६४ दिनको १ दिनका ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएको रुकुम पूर्व जिल्ला अदालतका स्रेस्तादार तथा सूचना अधिकारी ईश्वरप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।