विराटरनगर । स्थानीयस्तरमा सबै भाषाभाषीका कविहरु बिच आपसी भाइचाराको माध्यमले आपसमा जोड्दै आएर्कोे विराट मैथिल नाट्य कला परिषदको नेतृत्व विराटनगरका डोमी कामतले गर्ने भएका छन् । परिषद्को अध्यक्ष निर्वाचित भएसँगै उनले परिषद्को नेतृत्व गर्ने अवसर प्राप्त गरेका हुन् ।
पूर्वनिर्धारित कार्यक्रम मासिक काव्य गोष्ठीको अवसरमा आयोजना गरेको ११औं सधारण सभाले कामतको अध्यक्षमा ९ सदस्यीय मैथिल नाट्य कला परिषदको कार्यसमिति चयन भएको हो ।
परिषदले हरेक महिनाको तेश्रो शनिबार विराटनरमा बहुभाषिक कवि गोष्ठीको आयोजना गर्दै स्थानीयस्तरका विभिन्न भाषाका कवि र साहित्यकार बिच आपसी भाषा र संस्कृतिको संरक्षणमा योगदान गर्ने कार्य गर्दै आएको छ ।
बहुभाषी कवि गोष्ठीको ८औं सृङ्खला अन्तर्गत भएको ११औं साधारण सभाले कामतको अध्यक्षतामा गठन भएको समितिका उपाध्यक्षमा विनोद चौधरी, सचिवमा किरण झा र कोषाध्यक्षमा महेशकुमार यादव छन् ।
यसैगरी सदस्यहरुमा क्रमश : गंगा कामत, भोगानन्द मेहता, शान्ता कर्ण, राजु कामत , निलु कर्ण चयन भएका छन् । त्यस्तै सल्लाहकारहरुमा गिता कोइराला, कर्ण संजय, शिवनारायण पंण्डित (सिगंल) , बिजय राय, ईन्द्र परियार चयन भएका छन् । सो अवसरमा नेपाली, मैथिली भाषाका करिव एक दर्जन कविहरुले आ–आफ्ना कविता बाचन गरेका छन् । कविहरुले आफ्ना कविताको माध्यमले समाजमा आपसी भाइचारालाई मजबुत बनाउने प्रस्तुति गरेका थिए ।
कवि चन्द्रकान्त भट्टराई, बाबुराम पोखरेल, भरत बर्बरिक, रोहिणि रसिक, भवानीप्रसाद पोखरेल, शैलेन्द्र घिमिरे, प्रिन्स प्रमोद ढकाल, शान्ता कर्ण, किरण राय, सविना श्रेष्ठ, श्यामु भट्टराई, भोगेन्द्र मेहतालगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए ।
कर्ण संजयको अध्यक्षतामा सम्पन भएको बहुभाषिक कवि गोष्ठी र सधारण सभाको प्रमुख आतिथ्यमा शिवनारायण पंडित (सिगल) रहेका थिए । सो अवसरमा सलिम अन्सारी, डा. एसएन झा, प्रकाश प्रेमी, विजय रायलगायतकाले शुभकामना दिएका थिए ।