न्यूरोमा अत्याधुनिक उपकरण, १२८ स्यालाइसको सिटिस्क्यान सञ्चालनमा

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले नेपालमै पहिलो पटक एआई पावर्ड १२८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान मेसिन र डेक्सा स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।

हस्पिटलमा बिहीबार एक कार्यक्रम आयोजना गरी उक्त मेसिनको उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । सिटी स्क्यान मेसिन र डेक्सा स्क्यानको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे । सञ्चालनमा आएको सिटी स्क्यान मेशिनबाट टाउको, नशा, ढाडलगायतको जाँच गरिनुको साथै मुटुको एन्जियोग्राफी पनि गरिने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

सिटि स्क्यान मेसिन अमेरिकी कम्पनीको ५ करोडमा खरिद गरेर ल्याएको न्युरोले जनाएको छ । सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ । विषेशगरि मतिष्कघात, मतिष्कभित्रका चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा यो मेसिन उपयोगी हुने अस्पतालका वरिष्ठ हार्डजोर्नी तथा नशारोग विशेषज्ञ डा. नविनकुमार कर्णले बताए ।

सिटी स्क्यान मेसिनको स्लाइस क्षमता जति बढी भयो उति राम्रो रिपोर्ट आउँने बताइएको छ । यसका साथै छिटो पनि हुन्छ । न्यूरो अस्पतालले स्थापना काल देखि नै प्रविधीको प्रयोगलाई जहिले पनि प्राथमिकतामा राखी ठूलो लगानी गर्दै आएको अस्पतालका अपरेशनल डाइरेक्टर भट्टराईले बताए । ‘पछिल्लो ६ महिनाको अन्तरालमा करोडौं लगानी गरेर दुई अत्याधुनिक तथा नविनतम् प्रविधियुक्त उपकरण एमआरआइ र हालै सिटी स्क्यान मेसिन भित्रयाएका छौं’ उनले भने, ‘जसबाट आगामी समयमा विरामीको परिक्षण र उपचारमा अग्रगामी फड्को मार्दै सकारात्मक प्रभाव पार्नेछ ।’ कुरामा हामी विश्वस्त छौ,’ अपरेसनल डाइरेक्टर भट्टराईले भने ।

समयको माग सँगै न्यूरोले प्रदान गर्ने सेवाहरु परिष्कृत गर्दै लगेको बताएको छ । नविनतम प्रविधीयुक्त अत्याधुनिक उपकरणहरु जडान गरेर भरपर्दो र गुणस्तरीय सेवा प्रदान गरेको उनले बताए ।

‘न्युरो अस्पताल स्वास्थ्य सेवा प्रवाहमा आएको परिवर्तनको संवाहकको रुपमा अग्रपक्तिमा रहन चाहन्छ र सेवाग्राहीहरुको हरेक आवश्यक्ता र अपेक्षाहरुलाई समय सापेक्ष रुपमा सम्बोधन गर्दै अगाडी बढेको छ । स्वास्थ्य सेवा प्रवाहको विषयमा न्युरोले गम्भिर तथा जिम्मेवार थियो, छ र भविष्यमा पनि रहनेछ,’ डाइरेक्टर भट्टराईले भने ।

सुविधा सम्पन्न क्याबिन

न्यूरो हस्पिटलले सुविधा सम्पन्न क्याबिन पनि संचालनमा ल्याएको छ । हस्पिटलको छैठौं तलामा होटल स्टेन्डरको क्याबिन संचालनमा ल्याएको हो ।
छैठौं तलामा सात वटा सुविधा सम्पन्न क्याबिन बिहीबारदेखि संचालनमा आएको छ । विरामी कुरुवा बस्नेसहितको क्याबिनमा सम्पूर्ण सेवाहरु उपलब्ध रहेको छ । क्याबिनमा डिलक्स रुमहरु रहेको छ ।

बिहिबार, १० साउन, २०८१, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर