आईपीएलमा आज कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्ने

विराटनगर । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलबार हुने पहिलो क्वालिफायर्समा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ । ।

पराजित टोलीले इलिमिनेटर खेल्नेछ ।

खेल अहमदाबादमा राति पौने आठ बजे शुरू हुने छ । अहमबादमा कोलकत्ताले ६७ प्रतिशत खेल जितेको छ ।

हैदराबाद भने पहिलो जितको खोजीमा छ ।

कोलकत्ताले आठ र हैदराबादले सात पटक प्लेअफमा स्थान बनाएका छन् । प्लेअफमा पनि कोलकत्ता नै धेरै खेल जित्ने टोली बनेको छ । लिग चरणको भेटमा कोलकत्ताले हैदराबादलाई चार रनले पराजित गरेको थियो ।

 

मङ्गलबार, ०८ जेठ, २०८१, बिहानको ०९:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर