विराटनगर । मोरङमा पोलियो विरुद्धको आईपीभी राष्ट्रिय खोप अभियान जेठ १३ देखि सुरु हुँदैछ। जेठ २२ सम्म चल्ने यो अभियानमा मोरङका ५२,३५२ बालबालिकालाई खोप लगाइने तयारी गरिएको छ।
६७२ वटा खोप केन्द्रबाट ५ वर्षदेखि ८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइनेछ। मोरङका १७ स्थानीय तहका १,०६७ विद्यालयका बालबालिकालाई खोप लगाइने तयारी छ। सबैभन्दा धेरै १८,८६४ जना बालबालिका विराटनगरमा छन्, जहाँ ११६ केन्द्रबाट खोप दिइनेछ। अन्य क्षेत्रगत रूपमा, सुनवर्षीमा ३,६०१, रंगेलीमा २,९०८, बुढीगंगामा २,९०४, कटहरीमा २,५७८, धनपालथानमा ३,५३८, जहदामा ३,१६६, लेटाङमा २,२७७, केराबारीमा १,६६८, सुन्दरहरैचामा ८,६०४, बेलबारीमा ४,३९२, कानेपोखरीमा २,२७९, पथरीशनिश्चरेमा ४,३१२ र उर्लाबारीमा ४,८२२ बालबालिकालाई खोप दिइनेछ।
खोप अभियान सफल बनाउन स्वास्थ्य कार्यालय मोरङले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, खोपकर्मी र शिक्षकहरूलाई अभिमुखीकरण गरायो। ७८३ जना स्वास्थ्यकर्मी र १,७८ जना स्वयंसेविका परिचालन हुनेछन्। विद्यालयमा अध्ययनरत बालबालिकालाई विद्यालयमै खोप दिइनेछ भने अरूलाई बाह्य केन्द्रबाट खोप प्रदान गरिनेछ।