लोड हुँदैछ...

मेनु

नेपाल उद्योग वाणिज्य महासंघ कोशीद्वारा श्रम बजार सूचना प्रणालीको विकास

नेपाल उद्योग वाणिज्य महासंघ कोशीद्वारा श्रम बजार सूचना प्रणालीको विकास

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि द्रुत बजार विश्लेषण सफ्टवेयरको निर्माण गरेको छ। उद्योग प्रतिष्ठानका मानव संसाधन विभागका प्रमुखहरूलाई उक्त सफ्टवेयरको प्रयोग सम्बन्धी कार्यशाला गोष्ठी समेत सम्पन्न गरिएको छ।

कार्यक्रममा उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार सफ्टवेयरको निर्माण गर्नुपर्ने बताइएको छ भने व्यक्तिगत सूचनाको संरक्षण हुनुपर्ने सुझाव समेत आएको छ। कम्पनी बाहेक रोजगारको खोजीमा रहेका व्यक्तिले पनि उक्त सफ्टवेयर प्रयोगमा ल्याउन पाउने नपाउने प्रावधान बारे प्रश्न उठेको छ।

सफ्टवेयरमा रोजगार सम्बन्धी अपडेट भएका तथ्याङ्कहरू कति अवधिसम्मका रहने भन्ने पनि जानकारी हुनुपर्ने सुझाव आएको छ। यस सफ्टवेयरलाई ुजब ब्याङ्कुको रूपमा विकास गर्नुपर्ने र मोबाइल एप्लिकेशनमार्फत पनि प्रयोगमा ल्याउन सकिने सुझावहरू आएका छन्।
सफ्टवेयरले नेपाल सरकार, निजी क्षेत्रका सरोकारवाला, रोजगारदाता निकाय र रोजगारको खोजीमा रहेकाहरूलाई जोड्ने काम गर्ने महासंघले बताएको छ।

महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीले उद्योग प्रतिष्ठानहरूमा जनशक्ति व्यवस्थापनको माग र आपूर्तिमा रहेको बेमेलको समाधानका लागि यो प्रयास थालिएको बताए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।