विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा सोमवार विश्वासको मत पाएका छन् । छन् ।
२०७९ पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले १६ महिनामा चौथोपटक विश्वासको मत लिएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच उनले विश्वासको मत पाएका हुन ।
उनले १५७ सांसदको समर्थन पाए । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत पर्यो । नाराबाजी गर्दै वेल घेरेको कांग्रेस भने मतदान प्रक्रियामा सहभागी भएन । राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चा पनि मतदानमा सहभागी भएनन् ।
चौथोपटक पनि उनले १५७ सांसदको समर्थन पाएका छन । उपेन्द्र यादवले साथ छाड्दा उनले जनमत पार्टीको समर्थन पाएका हुन ।