लोड हुँदैछ...

मेनु

नेवाः देय् दबु मोरङको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ चयन

नेवाः देय् दबु मोरङको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ चयन

विराटनगर । नेवाः देय् दबु मोरङको अध्यक्षमा सुरेशकुमार श्रेष्ठ चयन भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न तेस्रो साधारणसभाबाट श्रेष्ठ नेवाः देय् दबु को मोरङ अध्यक्षमा पुनः निर्विरोध निर्वाचन भएका हुन् । साधारणसभाबाट कृष्णबहादुर प्रधान, वरिष्ठ उपाध्यक्ष, ओमप्रकाश श्रेष्ठ खुल्ला उपाध्यक्ष, मीना जोशी महिला उपाध्यक्ष, धिरोज श्रेष्ठ खुल्ला सचिव, करुणादेवी श्रेष्ठ महिला सचिव र धनकुमार श्रेष्ठ कोषाध्यषमा चयन भए ।

त्यस्तै गोविन्दकुमार श्रेष्ठ, गोपाल श्रेष्ठ, गोविन्द श्रेष्ठ, नविन श्रेष्ठ, बमबहादुर श्रेष्ठ, हरिमोहन श्रेष्ठ, लक्ष्मीनारायण श्रेष्ठ, शैलेन्द्र श्रेष्ठ, विन्देश्वर श्रेष्ठलगायत सदस्यमा चुनिएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै साधारणसभाले मनमाया श्रेष्ठ, पार्वती श्रेष्ठ, सरिता मास्के, सुन्दर कर्माचार्य, गीतादेवी श्रेष्ठ, दिलकुमारी श्रेष्ठलगायतलाई सदस्यमा चयन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष सुरेशकुमार श्रेष्ठले संगठनलाई चुस्त दुरुस्त बनाई नेवारी भाषा, कला र संस्कृतिको संरक्षणमा लाग्ने प्रतिबद्धता जनाए । उनले मोरङ जिल्लाभरि छरिएर रहेका नेवारी समुदायलाई संगठित बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।