लोड हुँदैछ...

मेनु

करुणाको हत्या आरोपमा दिपक गिरी पक्राउ

करुणाको हत्या आरोपमा दिपक गिरी पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ वर्षिया करुणा राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षिय दिपक गिरीलाई पक्राउ गरेको छ ।

गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलत्कार गरेपछि हत्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए ।

‘बलत्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन्,’ एसपी जिसीले भने, ‘अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृत्यु गएको थियो ।

श्रीमतिको मृत्यु भएपछि उनी एक्लै बस्दै आएका थिए ।पक्राउ परेका गिरीले बालिका हत्या गरेको स्थान उनको घरदेखि एक किलोमिटर दक्षिणमा पर्दछ ।स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार विहान लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र शव फेला परेको हो ।मृतकको शव नाङ्गो अवस्थामा भेटिएको छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Kiran
February 25, 2022 8:29 PM

Yo hatyaralai kanuni karbahi chitta bujhda bhayena ra bachhau gariye yeslai pani giddera khola ma phale hunxa .

प्रतिक्रियाहरू बन्द छन्।