इटहरी । इटहरीमा एकै दिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८,१९ र २०मा नवनिर्मित स्वास्थ्य इकाई भवनको शिलान्यास गरे ।

इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पूरयाउन यस अघि सरकारी स्वास्थ्य संस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन ।

नगरप्रमुख द्धारिकलाल चौधरीले चुनाव ताका सवै वडाहरुमा अस्पताल पूरयाउने प्रतिवद्धता पूरा गरेको बताए । उनले अव आधारभूत सेवा लिन गाँउका वासिन्दाले शहर जानु नपर्ने बताए ।

उपप्रमुख लक्ष्मी गौतमले वडा वडामा निर्मित स्वास्थ्य इकाइ भवनवाट स्वास्थ्य सेवा संचालन गर्न जनशक्ति र आवश्यक समाग्रीको ब्यवस्थापन भइसकेको जानकारी दिए । आँगनमै स्वास्थ्य सेवा आउने भएपछि गाँउ गाँउका वािसन्दा उत्साहित वनेको उनको भनाई छ ।

उपमहानगरका प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहताले इटहरीका वडाहरुमा जग्गा ब्यवस्थापन गरेर स्वास्थ्य इकाई भवन निर्माण गरिनु सुनसरीमै उदाहरणीय कार्य भएको बताए । उपमहानगरका इन्जिनियर कैलाश तिम्सिनाले भवन निर्माण लागतका वारेमा जानकारी दिए ।

उपमहानगरका स्वास्थ्य संयोजक धनश्याम सिग्देलले आधारभूत स्वास्थ्य इकाइवाट प्राप्त हुने आधारभूत स्वास्थ्य सेवाका बारेमा जानकारी दिए ।