विराटनगर । नक्कली नोट सहित तिन भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१३ बाट नक्कली भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जिल मुकारुले जानकारी दिए।

पक्राउ पर्नेमा भारत पूर्णिया ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनीका ३५ वर्षीय चन्दनकुमार ठाकुर र २२ वर्षीय मोहमद महसुन रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट भारतीय एक सय रूपैयाँ दरका ४८ वटा नक्कली नोट बरामद भएको डिएसपी मुकारुङले बताए।

नेपाल घुम्न आएका उनीहरुविरुद्ध नक्कली खोटा मुद्रा कसुरमा मुद्दा चलाउनका लागि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।