पाँचथर । पाँचथरका दुई योजनाका काम समय मै पुरा गर्न प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले निर्देशन दिएका छन् ।
यासोक बजारको निर्माणधिन आवसिय भवन र यासोक सरखण्डे योजना सुस्त गतिमा अघि बढेको भन्दै सम्झौता अवधिभित्रै योजनाको काम पूरा गर्न मन्त्री आङ्बोले निर्देशन दिएका हुन् ।
शुक्रबार आवसिय भवन र यासोक सरखण्डे सडकको कालोपत्रे सडक अनुगमनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै उनले भने,‘यासोक सरखण्डे सडकमा बजेटको कुनै अभाव भएको छैन ।
स्वयम निर्माण व्यवसायी काम नगरी बेपत्ता हुदा योजना सुस्त भएको हो । कार्यालयले पटक(पटक पत्रचार गर्दा समेत कुनै जवाफ आएको थिएन । अब काम तिब्र गतिमा अघि बढाउनुप¥यो ।’
त्यस्तै जिल्लाको मिक्लाजुङ र कुम्मायक गाउँपालिकामा निर्माण हुदै आएको आवसिय भवन मध्ये मिक्लाजुङको भवन पूरा भईसकेको छ । तर कुम्मायकको भवन अधुरै भएको भन्दै तत्काल योजनाको कामलाई पूरा गर्न सहरी विकास भवन कार्यालय इलाम र निर्माण व्यवसायीलाई निर्देशन दिए । निर्धारित मितिमा काम पूरा नभएपछि यहि चैत्रसम्म म्याद थप गरिएको छ । थपिएको समय पूरा हुन लाग्दा समेत भवनको काम बाँकी रहेको भन्दै अब म्याद थपको प्रकृया झन्झटिलो हुने बताए ।
सोही क्रममा यासोक बजार कालोपत्रेको बिषयमा पनि गुणस्तरीय काम नभएको भन्दै स्थानीयको आरोपपछि मन्त्री आङ्बोले काम गर्ने क्रममा कही कतैबाट कमी कमजोरी भएको छ भने सुधार गरेर काम गर्न सम्बन्धित कार्यालय र निर्माण व्यवसायीलाई सजक समेत गराए।

