विराटनगर । मोरङको लेटाङमा १२ वर्षिय बालिका मृत अवस्थामा फेला परेकी छन् । तिन दिनदेखि हराईरहेकी लेटाङकी करुणा राई मृत अवस्थामा फेला परेकी हुन् ।
आज बिहान करुणाको शब लेटाङको खोल्सा नजिकैको ओडारमा देखेर स्थानियले प्रहरीलाई खबर गरेका थिए । करुणा लेटाङ ८ स्थित जाँते मा वि मा कक्षा ६ मा अध्ययनरत थिईन् ।
करुणाको हत्या भएको भन्दै सो विद्यालयका विधार्थीले शव उठाउन अवरोध गरेका छन् ।घटना बारे अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ । सोही क्रममा एक स्थानियलाई प्रहरीले पक्राउ गरेको छ ।

