संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –१ किमाथांकाबाट गर्भवती महिलाको उद्धार गरिएको छ ।
अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथांका निवासी १७ वर्षीया गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत उद्धार गरिएको हो । गर्भवती च्यावालाई अत्यधिक रक्तस्राव भएपछि बुधबार दिउँसो किमाथांका स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । अत्यधिक रक्तस्राव चएपछि च्यावालाईथप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौं लगिएको भोटखोला गाउँपालिका स्वास्थ्य सह–संयोजक स्टाफ नर्स अमृता तामाङले बताइन् ।
गर्भवती च्यावाको रक्तस्राव नरोकिएपछि बुधबार साँझ ४ बजे थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा लगिएको हो । दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ ।
संखुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हालसम्म आधा दर्जन बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ ।

