लोड हुँदैछ...

मेनु

प्रदेश १ राष्ट्रियसभा निर्वाचन : बराबरी मतमा गोला तान्दा गोपाल बस्नेत विजयी

प्रदेश १ राष्ट्रियसभा निर्वाचन : बराबरी मतमा गोला तान्दा गोपाल बस्नेत विजयी

विराटनगर । प्रदेश १ राष्ट्रियसभा निर्वाचनको खुल्ला तर्फ गोपाल बस्नेत विजयी भएका छन् । गठबन्धनका काँग्रेसका बस्नेत विजयी भएका हुन् । यसअघि खुल्लातर्फमा एमालेका उम्मेद्वार गुरु बराल र बस्नेतको बराबरी मत आएको थियो ।

गठबन्धनका बस्नेत र एमालेका बरालको बराबरी मत ४ हजार ४ सय ८८ मत आएको थियो । बराबरी मत आएपछि भएको गोला प्रथाबाट निर्वाचन नतिजा निक्र्यौल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।