कार्यकाल सकिएको छ महिना भित्र स्थानीय निर्वाचन : अधिवक्ता भिमार्जुन आचार्य

विराटनगर । संविधानविद् भिमार्जुन आचार्यले स्थानीय तहको निर्वाचन कार्यकाल सकिएको छ महिनाभित्र गरिसक्नु पर्ने धारणा राखेका छन् ।

सामाजिक संजाल फेसबुकमा आफ्नो स्टाटस राख्दै आचार्यले संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले) नगरेको भन्दै समयमै निर्वाचन हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरेका छन् । उनले प्रतिनिधिसभाको पाँच वर्ष ननघाएर र स्थानीय तहको कार्यकाल सकिएको छ महिनाभित्र निर्वाचन गर्नुपर्ने संविधानमा उल्लेख रहेको जनाएका छन् ।

‘संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले) तोकिएको समय मै निर्वाचन हुनु पर्ने व्यवस्था गरेको छ। जसअनुसार प्रतिनिधि सभाको पाँच वर्ष (धारा ८५) (५ वर्ष ननघाएर) र स्थानीय तहको ‘कार्यकाल (पाँच वर्ष) समाप्त भएको मितिले छ महिना भित्र’ (धारा २२५) निर्वाचन सम्पन्न भैसक्नु पर्छ,’ उनले लेखेका छन्, ‘कुन महिना, कुन बार र कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन।’

शनिबार, ०८ माघ, २०७८, साँझको ०५:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर