सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ४ नम्बर वडाको नेकपा एकीकृत समाजवादीका अध्यक्षमा मानपुर चौधरी चयन भएका छन ।
नेकपा एस बराहक्षेत्र नगरकमिटीको आयोजनामा भएको वडा भेलाले मानपुर चौधरीको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा तुलाराम चौधरी, सचिवमा भिष्मकुमार विष्टसहित संगीता राजधामी, भजनलाल चौधरी, सत्रुधन साह, दिपक राजधामी, छत्रबहादुर कार्की, कुलदिप चौधरी, सियाराम साह, बलदेव ठाकुरलगायत रहेका छन् ।
वडाकमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सीनाले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
कार्यक्रममा केन्द्रिय सदस्य तिम्सीनाले नेकपा एस कम्युनिष्ट आन्दोलनका उपलब्धीको रक्षा गर्दै जनताका अधिकारलाई सुनिश्चित गर्न केपि ओली प्रवृतिका विरुद्ध खडा भएको राजनीतिक दल भएकाले नेकपा एस कम्युनिष्ट आन्दोलनको मुलधार भएको बताए ।
कार्यक्रममा नेकपा एसका प्रदेश सदस्यहरु लक्ष्मण चौधरी, दुर्गा कन्दवा, परमानन्द पौडेल, जिल्ला उपाध्यक्ष सिताराम पराजुली, जिल्ला सदस्यहरु गुरुप्रसाद अधिकारी सोम राई, कल्पना पोखरेल, मोहन श्रेष्ठ, नगर अध्यक्ष चन्द्र थापा, सचिव पुष्प राजधामी, विद्यार्थी नेताहरु शिशिर भारद्धाज, प्रजिन आचार्यलगायतको सहभागीता रहेको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।