लोड हुँदैछ...

मेनु

वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार

वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । ढुङ्गा प्रहारबाट वडाध्यक्ष मिरबहादुर राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार गरेको हो ।

मंगलबार साँझ गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा पुगेपछि आफु माथि ढुङ्गा प्रहार भएको वडाध्यक्ष राईले बताए । वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । ढुङ्गा प्रहारबाट वडाध्यक्ष राईको टाउको, ढाड र हातमा सामान्य चोट लागेको छ । वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

चिचिला गाउँपालिकाले वडाध्यक्ष राईलाई ढुंगा प्रहार गरिएको घटनाको भत्र्सना गरेको छ । मंगलबार साँझ भएको घटनाको विरोध गर्दै विज्ञप्ती मार्फत घोर भत्र्सना गरेको हो । गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाद्वारा जारी विज्ञप्तीमा घटनामा संलग्न जो कोही भएपनि अनुसन्धान गरि कारवाहीको दायरामा ल्याईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।